दमौली : तनहुँ -१ मा हुन लागेको उपनिर्वाचनमा ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
चैत २० गते ९ जनाले उम्मेदवारी दिएकामा कुनै पनि उम्मेदवारी फिर्ता नलिएपछि ९ जना उम्मेदवारको अन्तिम नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको छ ।
अन्तिम नामावलीमा नाम कायम भएका उम्मेदवारहरुमा विभिन्न दलका ९ जना रहेका छन् । उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले बिहीबार साँझ चुनाव चिह्न प्रदान गरेको छ ।
यी हुन् उम्मेदवार र तिनका चुनाव चिह्न
१. गोबिन्द भट्टराई नेपाली कांग्रेस, रुख)
२.डा. स्वर्णिम वाग्ले (राष्ट्रिय स्वतन्त्र पार्टी, घण्टी)
३. शोभा गुरुङ (राप्रपा, हलो)
४. सर्वेन्द्र खनाल (एमाले, सूर्य)
५. भिम बहादुर सुनार (नागरिक उन्मुक्ति पार्टी, पिँध भएको सादा ढकिया)
६. गणेश श्रेष्ठ (नेपाल कम्युनिष्ट पार्टी समाजवादी, कार )
७. पूर्ण बहादुर राना(राष्ट्रिय जनमुक्ति पार्टी, घर)
८. प्रेम बहादुर थापा(नेशनल मंगोल अर्गनाइजेशन, कुखुराको भाले)
९. राम प्रसाद प्रजापति ((नेपाल मजदुर किसान पार्टी, मादल)













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?