प्रधानाध्यापकको छोराको बिहेमा विद्यालय बन्द

दमौली : तनहुँको ऋषिङ गाउँपालिका-८ ऋषिङमा रहेको शिव सरस्वती माविका प्रधानाध्यापकको छोराको बिहेमा विद्यालय नै बन्द गरेको छ ।  विद्यालयको प्रधानाध्यापक विष्णुप्रसाद बरालको छोराको बिहेमा आइतबार विद्यालय बन्द गरिएको हो ।

विद्यालय नै बन्द गरेर प्रधानाध्यापकको छोराको बिहेमा जानु गलत रहेको एक स्थानीयले बताए  । “सबै विद्यालय संचालन भैरहेको छ,” उनले भने : विद्यालय नै बन्द गरी सबै  शिक्षक , कर्मचारी बिहेमा जानु गलत छ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले आज विदा व्यवस्थापन समितिले निर्णय नगरेको बताए ।

“गाउँपालिकाले हरेक विद्यालयलाई वर्षको ५ दिन स्थानीय बिदा दिनसक्ने अधिकार दिएको र त्यस मध्ये ४ दिनको बिदा यस अघिनै व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयको बार्षिक क्यालेन्डरमा समावेश गरिसकेको छ ,” उनले भने : ” बांकी १ दिनको बिदा विद्यालय प्रशासनलाई भैपरी आउने बिदाको रुपमा प्रयोग गर्ने सुविधा दिएको छ ।”

प्रधानाध्यापकको छोराको बिहेको दिन नै उपयोग गरेको हुनसक्ने उनको भनाई छ  ।

प्रधानाध्यापकको छोराको बिहेमा विद्यालय बन्द गरेको विषयमा आलोचना भएको छ । यसरी विद्यालय नै बन्द गरेर बिहेमा जान हुनेअभिभावकहरुको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?