दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको शहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो ।
मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको आयोजनाले जनाएको छ।
नेकपा माओवादी केन्द्रले उक्त शहिदगेटको निर्माण गरेको थियो । शहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो ।
मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ ।
मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ ।
तस्बिर : कृष्ण न्यौपाने













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?