करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?