दमौली : तनहुँ-१ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले दमौलीमा सम्पर्क कार्यालय खोलेका छन्।
वाग्लेले व्यास नगरपालिका-२ पदमचोकमा बुधवार सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।
‘मैले आज सम्पर्क कार्यालय खोलेँ, यसबाट भएका समस्य र गुनासो सबै जनाले दिनसकिनेछ,’ वाग्लेले भने, ‘ अब तनहुँ-१ को बिकासमा जनताको साथमा हुन्छ।’
वाग्लेले सम्पर्क कार्यालय खोल्दा निर्वाचन परिचालन संयोजक विश्वनाथ बास्तोला, जिल्ला संयोजक विकास सिग्देल, उपसंयोजक सूर्यमणि पौडेल लगायत उपस्थित थिए।
वाग्लेले उपनिर्वाचनमा मत माग्दै गर्दा हरेक स्थानीय तहमा सम्पर्क कार्यलय स्थापना गर्ने घोषण गरेका थिए ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?