तीन किलो गाजा सहित डिगाउँका बुद्धि र समिर बेनीटारबाट पक्राउ

दमौली : तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट तीन  किलो दुई  ग्राम  गाजा सहित दुई युवा पक्राउ परेका छन्  ।

पक्राउ पर्नेमा  पक्राउ पर्नेमा व्यास नगरपालिका-१० डिहीगाउँ बस्ने २० वर्षीय बुद्धि तामाङ र १९ वर्षीय समिर अच्छामीरहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

तामाङले चलाएर ल्याउँदै गरेकाे ग ३ प ७१४३ नम्बरकाे माेटरसाइकलाई चेक गर्ने क्रममा निजकाे साथबाट एक किलाे नाै सय २० ग्राम गाजा र पछाडि सवार अच्छामीकाे साथबाट एक किलाे दुई सय ८० ग्राम गाँजा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध शुक्रवार तनहुँ अदालतबाट दश दिनकाे म्याद थप गरि अनुसन्धान कार्य भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?