‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितमले जिते, ‘मेरो डान्स युनिभर्स’ विजेता बनिन् खुसी

काठमाडौं : ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले जितेका छन् । ‘मेरो डान्स युनिभर्स’को उपाधि खुसी कार्की (थाइल्यान्ड)ले हासिल गरेकी छन् ।

शनिबार ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धाबाट गायनतर्फ राई र नृत्यतर्फ कार्की विजेता बनेका हुन् । दुवै प्रतियोगिताका विजेताले जनही एक करोड रुपैयाँ पुरस्कार पाए । यो नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशि पुरस्कार भएको प्रतियोगिता हो ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी काकीलाई दिनुहुदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : प्रदीपराज वन्त/रासस

मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप शिशिर ठटाल (भारत) र मेरो डान्स युनिभर्सको फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) घोषित भए ।

मेरो भ्वाइस युनिभर्सको सेकेन्ड रनरअफ शरद हुमगाईं (नेपाल), थर्ड रनरअप परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) बने ।

यस्तै, मेरो डान्स युनिभर्सको सेकेन्ड रनरअप मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअप स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअप नेसन सुस्लिङ मगर (नेपाल) रहे ।

फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

समूह नृत्यतर्फ नेपाल प्रहरी (नेपाल) विजेता बन्यो । सो समूहले २० लाख रुपैयाँ पुरस्कार पायो ।

उपाधि विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?