पोखरा : नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत मतदान सकिएको छ । बिहीबार मध्यान्न १२ बजेदेखि सुरु मतदान राति ९ बजे सकिएको हो ।
८८७ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । ९०७ मतदातामध्ये २० जना मतदानमा सहभागी नभएका संयोजक सुरेन्द्र थापा मगरले जानकारी दिए ।
केहीबेरमा मतगणना सुरु हुनेछ । अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । दुवै अध्यक्ष प्यानल सहित मैदानमा ओर्लिएका हुन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?