स्कर्पियो दुर्घटनामा ज्यान गुमाएका ६ जना एकै परिवारका

पाल्पा :  आइतबार साँझ पाल्पामा भएको स्कर्पियो जिप दुर्घटनामा ज्यान गुमाउनै सबै एकै परिवारका भएको खुलेको छ। मृत्यु हुनेमा श्रीमान, श्रीमती, बुहारी, नातीहरू र सम्धिनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा नवलपरासी पूर्व देवचुली–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी पत्नी ५६ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना घिताल र नातीहरु ११ वर्षीय ईसव र अढाई वर्षीय सबिस रहेकाे प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । यस्तै सविनाकी आमा लमजुङ वेसीसहर २ भकुण्डेकी ५५ वर्षकी चुना धितालको पनि दुर्घटनामा मृत्यु भएको  छ ।

कृष्णबहादुर र पार्वतीका छोरा ईश्वरबहादुर लोहनी घाइते भएको छ । उनकाे तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। उहाँले चलाएकाे बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको जिप तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट १ सय मिटर तल खोलामा खसेको थियो।

पाल्पाको रानीमहल घुमेर सदरमुकाम तानसेन जाँदै गर्दा जिप दुर्घटना भएको प्रहरी निरीक्षक  चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?