छाब्दीदाेभानबाट लागुऔषध सहित दमाैलीका दुई जना पक्राउ

दमाैली : तनहुँको व्यास नगरपालिका-१३ छाब्दीदाेभानबाट लागुऔषध सहित दमाैलीका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्यास नगरपालिका-३ का ३३ वर्षीय बुद्धिमान गुरुङ र व्यास नगरपालिका-२ भेटघाटचाेक बस्ने ३४ वर्षीय सहिदा भन्ने सना खान रहेका छन्

छाब्दी दोभान स्थित बुद्ध सिं मार्गमा बेलबास तर्फबाट दमौली आउँदै गर्दा गुरुङले चलाएर ल्याउदै गरेको ग २२ प ५८३६ नं. को स्कुटर रोकी जाँच गर्दा शनिवार निजहरुलाई लागुऔषध सहित पक्राउ गरिएकाे प्रहरी नायब उपरिक्षक माेहनबहादुर खाँणले जानकारी दिए ।

निजहरुकाे शरीर तथा स्कुटरको डिक्की भित्र समेत अबैध रुपमा लुकाएको डाइजेपाम ३८, बुफ्रिन ३५ र हाइड्राेक्लाेइराइड ३९ गरी ११२ एम्पुल लागुऔषध बरामद गरिएकाे छ ।

उनीहरुलाई साेमबार नै तनहुँ अदालतबाट लागुऔषध मुद्धामा ६ दिनकाे म्याद थप गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?