दमौली : तनहुँको आँबुखैरेनीबाट अवैध लागुऔषध सहित भानुका एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका १ नयाँबस्ती बस्ने वर्ष २८ को बुद्धि बहादुर तामाङ रहेको छ ।
आँबुखैरेनी गाउँपालिका ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा नियमित सवारी चेकजाँचको क्रममा प्रहरीले अवैध लागुऔषध सहित आज एक युवकलाई पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार निजको साथबाट प्रहरीले अवैध लागुऔषध डाइजापाम, फेनेरगान र नुफिन बरामद गरेको छ ।
यस्तै पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला अदालत तनहुँबाट म्याद थप गरि हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?