व्यास कार्यपालिकाद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभामा पेश गर्ने निर्णय

व्यास नगरपालिका

दमौली, असार ०५ । व्यास नगर कार्यपालिकाको २४०औँ बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा विभिन्न विधेयक नगरसभामा पेश गर्ने निर्णय गरेको छ।

नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले नगरपालिकाको आगामी वर्षको विकास योजना, बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिँदै नगरसभामा पेश गर्ने निर्णय गरेको जनाएको छ।

बैठकले यसअघि सम्पन्न २३९औँ कार्यपालिका बैठकका निर्णयहरू समेत अनुमोदन गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको वार्षिक नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित नगरसभामा पेश गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, आगामी नगरसभामा प्रस्तुत गरिने विभिन्न विधेयकहरूलाई समेत कार्यपालिकाले स्वीकृति प्रदान गरेको छ। बैठकले व्यास नगर आर्थिक विधेयक २०८३, व्यास नगर विकास विधेयक २०८३ तथा व्यास नगर ऊर्जा सम्बन्धी विधेयक २०८३ लगायतका प्रस्तावहरू नगरसभामा पेश गर्ने निर्णय गरेको छ।

नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम नगरवासीको आवश्यकता, पूर्वाधार विकास, सेवा प्रवाह सुधार तथा समग्र नगर विकासलाई केन्द्रमा राखेर तयार गरिएको छ।

कार्यपालिकाको निर्णयसँगै  नीति, कार्यक्रम, बजेट तथा विधेयकहरू नगरसभामा छलफल र पारित प्रक्रियाका लागि पेश गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?