छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

छठ पर्वको अवसरमा नेपाल सरकारले कात्तिक २९ गते आइतबारसँगै त्यसको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट अर्थात् २०८३ साल कात्तिक ३० गते सोमबारसमेत सार्वजनिक बिदा हुने जनाएको हो।

मन्त्रालयका अनुसार छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा रहेकाले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैलाई सार्वजनिक बिदाबारे जानकारी गराइएको छ।

यसअघि सरकारले छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोमबारको बिदासँगै छठ पर्वका अवसरमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?