आजको सूर्योदयसँगै सकियो यो वर्षको छठ

उदाउँदै गरेको सूर्यलाई सोमबार बिहान अर्घ्य दिएपछि चारदिने छठ पर्व सकिएको छ । आइतबार अस्ताउँदै गरेको सूयलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् ।

काठमाडौं उपत्यकाका नदी किनार र पोखरीहरुबाट पनि व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?