तनहुँ । मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाबीच परियोजना सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
सोमबार पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दमौलीस्थित व्यास नगरपालिका नगरकार्यपालिकाको कार्यालयबीच सम्झौता सम्पन्न भएको हो।
सम्झौतापत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव छविलाल रिजाल र व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी कार्यक्रममार्फत स्थानीय तहमा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा परियोजना सञ्चालनका लागि प्रदेश सरकार र नगरपालिकाबीच सहकार्य गरिनेछ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?