प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच २५ मिनेट भेट

दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच २५ मिनेट भेट भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर केहीबेर अघि पुगेका थिए ।

उनीहरूबीच भेटवार्ता सकिएको छ । जयशंकरसँगको भेटलगत्तै साँझ ७ बजे नेपाल भारत बिजनेस फोरमको डिनर कार्यक्रम राखिएको छ ।

यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य कार्यक्रम तय भएको छैन ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?