सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार पनि सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँ रहेको थियो । सुनको भाउ लगातार घट्न थालेको एक हप्ता भैसकेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज तोलाको ३ हजार ६५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?