अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई उक्त पदमा नियुक्त गरेका हुन्। यसअघि महोत्तरीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत यादव गत मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थ मन्त्रालयमा सरुवा भएका थिए।
विभागका तत्कालीन महानिर्देशक निर्मल ढकाल वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएपछि उक्त पद रिक्त रहँदै आएको थियो। सोही रिक्त स्थानमा मन्त्रालयले यादवलाई जिम्मेवारी दिएको हो।
यसैबीच, अर्थ मन्त्रालयले सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा खटाएको छ।
महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक दीपक लामिछाने गृह मन्त्रालयमा सरुवा भएपछि उक्त स्थानमा शर्मालाई पठाइएको मन्त्रालयले जनाएको छ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?