प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम (वरियता) मा हेरफेर गरेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्बत् २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को कार्यविभाजन र वरियताक्रममा बिहीबार (२०८३ मङ्सिर १० गते) नयाँ परिमार्जन गरिएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारीविज्ञप्ति अनुसार, नयाँ मर्यादाक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको ठूलो फड्को मारेकी छन्। यसअघि सातौँ स्थानमा रहेकी मन्त्री गौतमलाई सिधै तेस्रो स्थानमा उकालिएको छ।
को कतिऔँ स्थानमा ?
नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्री बालेन्द्र शाह (रक्षा) पहिलो नम्बरमा यथावत् छन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा रहेका छन्। तेस्रो स्थानमा कानुन मन्त्री सोबिता गौतम पुगेकी छन्।
त्यसैगरी, पूर्वाधार विकास मन्त्री सुनील लम्साल सातौँ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन आठौँ स्थानमा छन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी नवौँ र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल दशौँ स्थानमा रहेका छन्।
१७ सदस्यीय मन्त्रिपरिषद्को पुछारको मर्यादाक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ११ औँ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल १२ औँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल १३ औँ, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना १४ औँ, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी १५ औँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह १६ औँ र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव १७ औँ रहेका छन्।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?