
काठमाडौं : एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित भएका हुन् । अनुपस्थित भएको जनाउसहित बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जुन कुल परीक्षार्थीको २।७२ प्रतिशत हुन आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?