काठमाडौँ : वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक लगाएको छ । मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गर्दैप्लास्टिकबाट बनेका फूलगुच्छा आयात गर्न नपाइने भएको छ ।
नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लस्टिकजन्य वस्तु पूर्ण रुपमा रोक लगाइने निर्णय भएको जनाएको छ ।
यस अघि सरकारले मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक) आयात रोक्ने निर्णय गरेको थियो । यस्तै हिरा (ओद्योगिक कच्चा पदार्थबाहेक), मोबाइल सेट (३ सय डलर माथिका), रंगीन टेलिभिजन (३२ इन्चभन्दा माथि), जिप, कार र भ्यान (एम्बुलेन्स शवदाह बाहेक), १५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र तास आयातमा बन्देज लगाइएको थियो । मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले यी वस्तु आयातमा प्रतिबन्ध लगाएकाे हो । भदाै १४ गतेसम्म यी वस्तुको आयातमा प्रतिबन्ध छ । यद्यपि सरकारले प्रतिबन्धको अवधि थप लम्ब्याउन सक्नेछ ।
हाल नेपालमा प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध छ। ‘प्लास्टिक झोला नियमन तथा निर्देशिका, ०६८’ ले पनि प्लास्टिकजन्य झोला उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाएको थियो। तर कमजोर नीति, उद्योगी/व्यवसायीहरूको चुनौती र प्लास्टिकको वैकल्पिक अध्ययनको अभावका कारण विगतका अभियानहरूखासै प्रभाकारी भने भएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?