
दमौली : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान ५ दलीय गठबन्धनको सरकारले समाजलाई संकट तिर लागिरहेको बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी तनहुँलेआयाेजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलले बताए ।
महासचिव पोखरेलले मुलुकको परराष्ट्र नीति पूर्णत असफल भएको बताए। राष्ट्र निर्माणमा गठबन्धन भन्दा पनि बलियो संगठन आवश्यक रहेको र त्यो एमालेसँग मात्र रहेको महासचिव पोखरेलको जिकिर छ ।
पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरूको झुन्ड भएको संज्ञासमेत दिएका छन् ।पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूमा विचारको समानता नभएको पोखरेलको टिप्पणी छ ।
यसका साथै उनले सरकारले संघिय निर्वाचन आयोगले तोकिएको समय भित्रै गर्नूपर्ने जिकिर गरे ।
जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा एमाले सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?