तनहुँमा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै असार २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ ।
मङ्गलबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको सङ्क्रमण दर घटेको भए पनि जोखिम कायमै रहेको भन्दै केही खुकुलो हुने गरि निषेधाज्ञा लम्ब्याइएको हो ।
निषेधाज्ञा खुकुलो भएसँगै अत्यावश्यक सेवा तथा वस्तु बिहान ५ बजेदेखि १० बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ र अन्य खोल्न अनुमति दिइएको सेवा तथा व्यवसाय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने भएको छ ।
साथै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी निजी सवारी साधनहरु मिति अनुसार जोर गते जोर र विजोर गते विजोर चलाउन दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार सार्वजनिक यातायातहरु भने सञ्चालन गर्न नपाइने बतए ।
यस्तै सरकारी कार्यालय, संस्थान, समिति, बैङ्क, बीमा, सहकारी र अन्य सङ्गठित संस्थाहरुले तयार गरेको सेवा प्रवाहको कार्ययोजना अनुसार स्वास्थ्य तथा सुरक्षाको पर्याप्त प्रबन्ध गरी असार २० गतेदेखि सुचारु गर्न निर्देशन दिइएको छ ।
सबै प्रकारका सभा, सम्मेलन र गोष्ठीमा लगाएको रोक यथावत् राखिएको छ । विवाह, ब्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा १५ जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
यस्ताे छ जारी आदेश–
[pdf-embedder url=”https://www.damaulionline.com/wp-content/uploads/2021/06/जारी-आदेस.pdf” title=”जारी आदेस”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?