दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) व्यास नगरकमिटीले जेष्ठ नागरिकलाई सम्मान गरेका छन् ।
राप्रपामा आबद्ध र राष्ट्रप्रति चिन्तन गर्ने ७० वर्ष देखि ९९ वर्ष सम्मका ४५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको जिल्ला अध्यक्ष बिनोद घर्तीले जानकारी दिए ।
व्यासनगर अध्यक्ष आइत बहादुर घलेको अध्यक्षता भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य गौकुमारी श्रेष्ठ , प्रदेश उपाध्यक्ष चन्द्रावती पन्थ, जिल्ला अध्यक्ष बिनोद घर्ती लगायत नेताहरुको उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?