नवलपरासी : पश्चिम नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरु फेरि काठमाडौ माइतीघरमा धर्ना बस्न पुगेका छन ।
माइतीघर पुगेर धर्ना बस्न पुगेका पीडितहरु यसअघि गृहमन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर नवलपरासी घर फर्केका उनीहरुले पुनः माइतीघरमा धर्ना दिएका हुन्। सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको पीडितहरुले बताएका छन्।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिको अगुवाईमा भएको धर्नामा सहभागीहरुले भूमिहीन बनाइएका किसान-मजदुरको जमिनको तमसुक फिर्ता दिनुपर्ने, ज्यादा लिइएको पैसा फिर्ता गर्नुपर्ने माग निरन्तरता राखेका छन्। नवलपरासी सुस्ताबाट माइतीघर धर्नामा पुगेका रामसुभक मुसहरले यसअघि गृह मन्त्रालयसँगको छलफलपछि घर फर्के पनि पीडितहरुको समस्या समाधान हुन नसकेको बताए। जमिनको फुकुवा गर्दै तमसुक नदिएका कारण नै पुनः दोस्रो पटक धर्ना बस्न काठमाडौ आउनु परेको बताए । पीडितहरुले भूमिहीन बनाइएका किसानहरुको जमिन फिर्ता गरी कानुनले तोके बमोजिमको व्याजबाहेकको सबै रकम क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने माग राखेर धर्ना बसिरहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?