दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्लाको सभापतिमा विकास सिग्देल चयन भएको छ ।
शुक्रबार दमौलीमा आयोजित तनहुँ जिल्ला भेलाले सभापतिमा भिमाद नगरपलिका वडा न .२ निवासी सिग्देललाई सर्वसम्मत चयन गरिएको हो ।
१३ सदस्य समिति हुने पदाधिकारीहरुमा हरेक पार्टीको सदस्यहरुमा प्रत्येक पालिकाका सभापति पदेन सदस्य हुने व्यवस्था रहेको छ । अन्य सदस्य पार्टीले मनोनित गर्ने सिग्देलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?