काठमाडौं : शनिबारदेखि उठ्न थालेको काठमाडौं उपत्यकाको फोहर फेरि रोकिएको छ । फोहर बोकेर बन्चरेडाँडा लादै गर्दा टिपरले हानेर बाख्रा मरेपपछि कागती गाउँका बासिन्दाले क्षतिपूर्ति माग गरेर बाटो बन्द गरेपछि फोहरका गाडी रोकिएका हुन् ।
स्थानीयवासीहरुले बाख्राको क्षतिपूर्ति माग गरेका छन् । एक महिना भन्दा बढी समयदेखि राम्ररी फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका घरघरमा र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ ।
सिसडोलमा रातिको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएपछि काठमाडौं महानगरपालिकाले आइतबारदेखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो । तर फोहोर लैजान थालेकै दिन स्थानीयले बाख्रा मरेको नयाँ बहानामा फोहोर रोकेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?