काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
शुक्रवार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।
पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिवार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।
यो पनि पढ्नुहोस् : को हुन् प्रदीप गिरी ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?