तनहुँ प्रशासन कार्यालयले भन्यो: तीजलाई भड्किलो नबनाउनु

दमौली  : जिल्ला प्रशासन कार्यालय तनहुँले महिलाहरुको महान पर्व हरितालिका तीज भड्किलो नबनाउन अनुरोध गरेको छ ।  मंगलवार  एक सूचना जारी गरि प्रशासनले परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता दिने बाहेक कुनै खर्चिलो र भड्किलो तीज नमनाउन सो अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गैरेले परम्पराको नाममा नियमको विपरित हुने गरी कसैले अनावश्यक भड्किलो रुपमा तामझाम , तडकभडक र खर्चिलो हुने गरि तीज कार्यक्रम नगर्न अनुरोध गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?