नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
गएराति १० बजे यो सडक खण्ड अन्तर्गतको चितवनको सेती दोभानमा ठूलो पहिरो खस्दा सडक बन्द भएको हो।
पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।पहिरो हटाउन डोजरको सहायताले पन्छाउने काम भइरहेको र पानी परिरहेकाले सडकमाथिबाट लेदो माटोसहितको पहिरो खसिरहेकोले केही समय लाग्ने कार्यालयले जनाएको छ ।
यस्तै, मुग्लिङ-नारायणगढ सडक खण्डका अन्य केही ठाउँमा पनि स–साना पहिरो गएको छ । ती ठाउँमा खसेको पहिरो भने हटाइएको प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?