चितुवाको आक्रमणबाट बन्दिपुरमा बालक घाइते

दमौली :  तनहुँको बन्दिपुर गाउँपालिका–१ उपल्लोफाँटमा बुधबार साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् ।

घाइते हुनेमा सोहि वडाका सुवास परियारका ३ बर्षीय छोरा सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरमा रहेको अवस्थामा चितुवाले आक्रमण गरी घरदेखि करिब ५० मीटर तल पुराएको अवस्थामा बालक भेटिएको हो । घाइते बालकको डुम्रे स्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन रिफर गरिएको जनाएको छ  ।

चितुवाले घाँटी, हात, ढाडमा आक्रमण गरेको र बालकको अवस्था गम्भीर रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?