तनहुँ कांग्रेसले आजदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

दमौली :  नेपाली कांग्रेस तनहुँले आजदेखि  ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । बिहीबार जिल्ला कार्यसमिति बसेको बैठकले आज क्षेत्र नम्बर १ र  भोलि क्षेत्र नम्बर २ को बैठक सहित अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

अभियानका लागि हिजो बसेको बैठकबाट सबै पालिकाको लागि प्रतिनिधि तोकिसकेको छ ।  अभियान प्रत्येक पालिकामा भदौ १५ गते, ८५ वडामा भदौ १८ गते र १९ देखि २२ गतेसम्म वडाको टोलमा सञ्चालन गरिनेछ ।
बैठकले नेपाली कांग्रेस तनहुँको भातृ तथा सुभेच्छुक संस्था गठन तथा पुनर्गठन गर्ने र सोको लागि जिल्ला समितिले आफ्नो कार्य अगाडि बढाउने निर्णय गरेको छ ।
अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेस केन्द्रीय समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?