यस्तो छ आजको मौसम

काठमाडौं : आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

हाल शनिबार देशभरको मौसममा सामान्यदेखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेकाले  प्रदेश १,  लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ।

भोलि आइतबार प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?