तीज गीत प्रतियोगितामा चुँदी बेसी आमा समूह प्रथम

दमौली : आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँले  १५६ औ मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा आयोजित तीज गीत प्रतियोगितामा चुँदी बेसी आमा समूह प्रथम भएको छ । शनिवार आयोजित प्रतियोगितामा प्रतियोगितामा चुँदी बेसी आमा समूह भएको हो ।

प्रतियोगितामा भानु सस्कृति मावि(शिक्षक समूह) द्वितीय र भानु सस्कृति मावि(छात्रा समूह) तृतीय भएको छ । होरालो शिक्षा सदन मावि सान्त्वना र उत्कृष्ट नृत्य प्रतियोगितामा एकता आमा समुह भएको छ ।

प्रथम हुनेलाई सात हजार,द्वितीय हुनेलाई पाँच हजार,तृतीय हुनेलाई तीन हजार, सान्तवना हुनेलाई एक  हजार र उत्कुष्ट नृत्य एक जनालाई एक हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ।

ऋषिराम पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठी , भानु -४ का वडाध्यक्ष अर्जुन बहादुर बोहोरा , ५ का वडाध्यक्ष नहकुल अधिकारी ,७ का वडाध्यक्ष खुम प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?