मौलिक जरोकिलो पार्टी गण्डकीको अध्यक्षमा पुनः नेपाल निर्वाचित

दमौली : मौलिक जरोकिलो पार्टी गण्डकी प्रदेशको अध्यक्षमा पुनः हरि नेपाललाई निर्वाचित गरेको छ। तनहुँको आँबुखैरेनीमा शनिवार सम्पन्न भएको प्रदेशको दोस्रो अधिवेशनले नेपाललाई पुन: निर्वाचित गरेको हो ।

यस्तै पार्टीको गण्डकी प्रदेश उपाध्यक्षमा दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा टोल राज वाग्ले, महासचिवमा  भरत गिरि, सचिवमा पद्मा राना, कोषाध्यक्षमा जगन्नाथ वाग्ले, सदस्यहरुमा बसन्त देवकोटा र चिज कुमार श्रेष्ठ निर्वाचित भएको छ।

अधिवेशनमा पार्टी प्रवक्ता प्रकाश श्रेष्ठ, केन्द्रीय समिति सदस्यहरु दिल बहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपाने लगायत उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?