
दमौली : प्राज्ञिक विद्यार्थी परिषद् व्यास नगर एकाई समितिको दमौलीको पराशर आश्रम र निर्मला मावि गरी दुई स्थानमा तीन दिन देखि संचालित बाल संस्कार कार्यक्रम सोमवार समापन गरेका छन् ।
निर्मला माविमा संचालन कार्यक्रमलाई समापन गर्दै सहायक जिल्ला जिल्ला अधिकारी काशीराम अहिले संस्कारको कमी भएको अवस्थामा परिषदले बाल संस्कार कार्यक्रम संचालन गरेर अनुकरणीय काम गरेको बताए ।
उक्त समापन कार्यक्रममा परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडा, परिषद्का राष्ट्रिय सह सचिव रमेश कण्डेल, प्रशिक्षक एवं वरिष्ठ कलाकार हिरालाल कँडेल, जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत वासुदेव पौडेल, निर्मला माविका प्राचार्य गणेशचन्द्र लगायतको रहेको थिए।
उक्त प्रशिक्षणमा पराशर आश्रममा १२० र ७० गरि १९० भन्दा बढी विद्यार्थीहरुको रहेको थियो।
पराशर आश्रम बिहानको र निर्मला माविमा साँझको गरि प्रशिक्षक प्रशिक्षक एवं कलाकार हिरालाल कँडेलले दिन सम्म प्रशिक्षण कार्यक्रम संयोजन एवं प्राचार्य राजेन्द्र खनालले दिए।
पत्रकारिता क्षेत्रबाट परिषदलाई उल्लेखनीय योगदान पु¥याएबापत तीन पत्रकारलाई आज सम्मान गरेको छ सम्मानित हुने पत्रकारहरु अमरराज नहर्की , अञ्जनराज न्यौपाने र मिलन तामाङ रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?