
दमौली : तनहुँको व्यास नगरपालिका -२ गणेशमान चाेक स्थित जिल्ला समन्वय समितिको नाउँमा रहेकाे ट्रेड सेन्टरलाई हटाएर उक्त ठाउँमा खुल्लापार्क बनाउनु पर्ने माग गरेका छन् ।
मंगलबार वडा नम्बर २ का सबै टोलविकास सस्थाहरु सयुक्त रुपमा जिल्ला समन्वय समितिका नाउँमा रहेका ट्रेड सेन्टर हटाउनुपर्ने माग सहित समन्वयका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाएको हो ।
वडावासीको तर्फबाट सो जग्गाको संरक्षण र भोलिका दिनमा विनासकारी प्रकोप हुन सक्ने र जिउधनको समेत सुरक्षा सहितको माग गर्दै जग्गा खालि गर्ने प्रक्रिया अगाडी बढाउन अनुरोध गरेका छन् ।
प्रमुख वाग्लेले ट्रेड सेन्टरको सम्झौता २०८० असार मसन्तामा स्वत जिल्ला समन्वयको मातहतमा हुने र पुन सम्झौता पनि नगर्ने आश्वासन दिदै सम्झौता सकिए पछि छलफलबाट प्रक्रिया अगाडी बढाउने बताएका छन् ।
ज्ञापनपत्र कार्यक्रममा व्यास -२ का वडाध्यक्ष काजिमान श्रेष्ठ, वडा सदस्य सुरेश वाग्ले टोल विकास सस्थाका अध्यक्षहरुको सहभागी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?