आदिकविमा सदस्य चयनका लागि मत गणन सुरु

दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा सदस्य चयनका लागि मत गणन सुरु भएको छ ।

वेलुका छ वजेर १५ मिनेटमा मत गणना कार्य सुरु भएको निर्वाचन समितिका संयोजक त्रैलक्य वाग्लेले जानकारी दिए ।

कुल ८  सय ९५ भएको मतमा  ६ सय ३७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

खुल्लातर्फ सात सदस्य चयनका लागि मतदान गरिएको हो ।

खुल्लातर्फ १७ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?