निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा खनाल

दमौली:  निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा यज्ञ खनाल चयन भएका छन् । बिहिवार सम्पन्न संघको २७ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट खनाल अध्यक्षमा  सर्वसम्मत भएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद देवकोटा , उपाध्यक्षहरुमा पुष्प कुमार श्रेष्ठ र बिष्णुराम थापा  निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा कृष्ण नारायण श्रेष्ठ , ऋषिराम अधिकारी , बिम बहादुर थापा , शेर बहादुर गुरुङ र बसन थापा निर्वाचित भएका छन् ।
अधिवेशनबाट महासचिव सुवर्ण श्रेष्ठ , नीतिगत सचिवमा मदन गैह्रे , वस्तुगत सचिवमा कृष्णमुराली श्रेष्ठ , कोषाध्यक्षमा सुरेश घिमिरे  , सहकोषाध्यक्षमा  भुवन दरै सर्वसम्मत भएका छन् ।
सदस्यहरुमा १० वटा स्थानीय तहबाट एक-एक जना सर्वसम्मत निर्वाचित भएका छन् । जसअनुसार भीमाद नगरपालिकाबाट मनोज खनाल , शुक्लागण्डकी नगरपालिकाबाट आइत सिं भोलन , भानु नगरपालिकाबाट मनबहादुर आले, आँबुखैरेनी गाउँपालिकाबाट शिवराम केसी, म्याग्दे गाउँपालिकाबाट नरसिं राना , व्यास नगरपालिकाबाट दिनेश वाग्ले र  बन्दीपुर गाउँपालिकाबाट निरज श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् भने घिरिङ,रिसिङ  र देवघाट गाउँपालिकाबाट सदस्य चयन गरिनेछ ।
खुला सदस्यमा केदार अधिकारी, खरेदा बाकस मियाँ र महिला सदस्यमा जानकी थापा सर्वसम्मत निर्वाचित भएका छन् । लेखा संयोजकमा दीपकुमार श्रेष्ठ ,सदस्यहरुमा प्रताप श्रेष्ठ र राजेश पण्डित निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?