तनहुँ कांग्रेस भन्यो : पौडेलको अभिव्यक्तिलाई गलत ढङ्गले प्रचार गरियो

दमौली :  नेपाली कांग्रेस तनहुँले वरिष्ठ नेता रामचन्द्र पौडेलको अभिव्यक्तिलाई अन्यथा ढंगले प्रचारप्रसार गरिएको जनाएको छ ।आइतबार जिल्ला सचिव लक्ष्मीभक्त खनालले  एक विज्ञप्ती जारी गरी उक्त कुरा बताएका हुन् ।

विज्ञप्तीमा गुणादी मुहानबाट दमौली ल्याइएको पानी अपर्याप्त भई त्यो पानी चुन्या पानी समेत भएकाले वैकल्पिक रुपमा मादी नदीको स्वच्छ पानीको योजना बनाउने कार्यमा नेपाली कांग्रेसले सहयोग गरेको भनि उल्लेख गरिएकाे छ।

चुर्ना पानी भनि अन्यथा प्रचार गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिल्लाको विकास अभियानमा नेपाली कांग्रेस र नेताहरुले पुरयाएको योगदानको मूल्याङकन गर्न समेत आग्रह गरिएको छ ।

यो पनि हेर्नुहोस : गुणादीकाे पानीको मुहानकाे विषयमा पौडेलले दिएको यस्तो विवादस्पद अभिव्यक्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?