भिमादमा बलेरो दुर्घटना हुँदा चालकको मृत्यु

दमौली : तनहुँको भिमाद नगरपालिका–५ मिर्छलुङ मडुवाको ऋषिङ–भिमाद भित्री सडक खण्डमा गएराती बोलेरो गाडी दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला स्याङजा हरिनास गाँउपालिका– ५ बस्ने ४० बर्षीय केश बहादुर थापा रहेका छन् ।

ऋषिङबाट भिमाद तर्फ आउदै गरेको ग.३च २१२९ न.को बलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०/२५ फिट तल खस्दा सो दुर्घटना भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मृतकको शव दमौली अस्पतालमा ल्याई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?