संविधान दिवसमा नेपाल तमू विद्यार्थी छोंज धीं द्वारा सरसफाई

दमौली : संविधान दिवसको अवसरमा नेपाल तमू(गुरुङ ) विद्यार्थी छोंज धीं तनहुँले व्यास- ३ मा रहेको दुर्गा मन्दिर क्षेत्रमा सरसफाई गरेको छ।

संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको अवसरमा नेपाल तमू(गुरुङ ) विद्यार्थी छोंज धीं तनहुँ र  विद्यार्थी छोंज धीं  व्यास नगर एकाई समितिले मन्दिर क्षेत्रमा सोमबार सरसफाई गरेको हो ।

जिल्ला अध्यक्ष मिलन तमुको नेतृतवमा कार्यक्रममा व्यास नगरपालिका वडा नं ४ का अध्यक्ष मन बहादुर गुरुङ , वडा नं ३ का अध्यक्ष अनुप राना, तमु हयुल छोंज धीं गुरुङ रष्ट्रिय परिष्द तनहुँका अध्यक्ष देव बहादुर तमु लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?