
पोखरा : पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गएराति ८ बजे नौडाँडाबाट पोखरा आउँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोकिँदा तनहुँको व्यास नगरपालिका-१ दमौलीका बल बहादुर राईको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटरको पछाडि सवार राईकी १५ छोरी सोनी राई घाइते भएकी छिन् ।
दुर्घटनामा घाईते भएका दुवैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा ५० वर्षीय राईको मृत्यु भएको हो ।
घाइते राईको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?