
दमौली : तनहुँ सुनचाँदी व्यवसायी संघद्वारा तीन जना व्यक्तित्वलाई सम्मानित गरेको छ ।
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे बिक,प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल र प्रहरी प्रमुख उपरीक्षक राजेन्द्रबाबु रेग्मीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो ।
शनिबार दमौलीमा बिजया दशमी, दीपावली, बकरइद छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको संघका अध्यक्ष बिनोद बिक विकासले जानकारी दिए ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष,तनहुँ सुनचाँदी व्यवासायी संघका अध्यक्ष बिनोद कुमार बिक लगायतले सम्मान गरेका हुन् । तनहुँ सुनचाँदी व्यवसायी संघमा जिल्लाभरीका १६८ जना व्यवसायीहरु आबद्व रहेको सो संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?