भोलि मध्यराति १२ बजेदेखि आचारसंहिता लागू हुने

काठमाडौं : निर्वाचन आयोगले भोलि मध्यराति १२ बजेदेखि आचारसंहिता लागू गर्ने भएको छ ।

आयोग स्रोतका अनुसार भोलि बैठक बसेर रातिदेखि आचारसंहिता लगाउने तयारी छ । ‘कसले के गर्न पाउने, के गर्न नपाउने त्यो निर्णय हुन्छ । त्यसपछि मध्यरातिदेखि आचारसंहिता लागू हुन्छ,’ आयोग स्रोतले भन्यो ।

हिजो (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरूलाई बोलाएर आयोगले आचारसंहिता पालनामा प्रतिबद्धता जनाउन लगाएको थियो ।

यसैबीच आचारसंहिता र उम्मेदवारको खर्चको सीमाका विषयमा निर्णय लिन भोलि आयोगले प्रमुख दलहरूलाई छलफलका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?