दमौली : निर्माण व्यवसायी संघ तनहुँले बिजया दशमी, दीपावली, बकरइद र छठ लगायतको अवसरमा उपलक्ष्यमा सोमवार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दै व्यासनगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले व्यवसायीको प्रबर्द्धन लागि नगरपालिका सदैब तयार अवस्थामा रहेको बताए । निर्मण गर्दा कुनै पनि समस्या आएमा सम्बन्धित निकाय गुनासो पुर्यांउन सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
निर्माण व्यवसायी संघ तनहुँ निवर्तमान अध्यक्ष रत्न कुमार श्रेष्ठले व्यास नगरपालिकाले संघ प्रति गरेको भूमिका प्रशंसनीय रहेको बताए ।
बरिष्ठ उपाध्यक्षमा ईश्वरी प्रसाद देवकोटाले सबै सरकारी कार्यलयका प्रमुखहरुलाई निमन्त्रणा गरेपनि उपस्थित नहुदा कार्यक्रम नै खल्लो भएको बताए ।
निर्माण व्यवसायी संघ तनहुँको अध्यक्ष यज्ञ खनाल अध्यक्षतामा भएको उक्त कार्यक्रमको संञ्चालन महासचिवमा इन्जिनियर सुवर्ण श्रेष्ठले गरेका थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?