म्याग्देमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले चाडपर्वलाई ध्यानमा राखेर बजार अनुगमनलाई तीव्र बनाएका छन् । सोमवार दशैं, तिहार, छठ जस्ता महान् पर्वलाई लक्षित गरी पालिका ले बजार अनुगमन थालेका हुन् । बजार अनुगमनले महंगी नियन्त्रण र खाद्य स्वच्छता कायम गर्न सहयोग पुग्ने  प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

चाडपर्वको समयमा म्याद गुज्रेका पेय पदार्थ, अखाद्य वस्तु, महंगी तथा कालाबजारी हुन सक्ने भएकाले त्यसलाई न्युनीकरण गर्न बजार अनुगमनलाई प्राथमिकता दिइएको हो ।जनप्रतिनिधि, कर्मचारी, प्रहरीलगायतको संयुक्त टोलीले म्याग्दे– २ स्थित जामुने बजार अनुगमन गरेको थियो । पछिल्लो समय जिल्लाका बजारहरुमा अनुगमन सुरु गरिएको छ ।पछिल्लो समय तनहुँका बन्दीपुर गाउँपालिका ,शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाले पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?