मनसुन सक्रिय हुँदै, दशैंमा वर्षाको सम्भावना !

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गत जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले दशैँको नवमीदेखि मनसुन सक्रिय हुने बताएका छन् । नवमीको दिनदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको उनले बताए ।

यसैबीच बुधवारदेखि केही दिन भने मौसम सफा हुनेछ । अबको केही दिन देशभर ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा सरदर ठाउँमा रहेकाले अबको केही दिन मनसुन निष्क्रिय हुने मौसमविद् सजिना शाक्यले बताइन् । पानी परे पनि सामान्य खालको पानी क्षणिकरूपमा पर्ने सम्भावना भएको उनले बताइन् ।

आज राति प्रदेश १, मधेस प्रदेश र गण्डकीका थोरै ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?