५३ क्युफिट सालको काठ प्रहरीको नियन्त्रणमा

दमौली : तनहुँको भानु नगरपालिका-९ काउरेटारमा अवैध सालको काठसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले देउरालीटारबाट  बाईसजाँगरतर्फ आउदै गरेको ग १ त ४२०२ नं.को ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा त्रिपालले छोपेर ल्याएको अवस्थमा  २१ गोलियाको ५३.८८ क्युफिट अवैध सालको काठसहित भानु नगरपालिका-८, देउराली बस्ने बर्ष ४० का थमन नेपाली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रहरीले काठ र ट्याक्टरसहित थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय, दमौलीमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?