
दमौली : नेपाल मगर चलचित्रकर्मी संघ तनहुँको अध्यक्षमा फल वहादुर थापा चयन भएका छन् । संघको चौथो अधिवेशनवाट फल वहादुर लाई सर्वसम्मत रुपमा चयन गरेका हुन् ।
यसैगरी उपाध्यक्षमा वसन सारु मगर, सचिवमा मिलन आले मगर,सह सचिवमा धिरन आले मगर, कोषाध्यक्षमा पुष्पा आले मगरलाई चयन गरेको छ ।
सदस्यहरुमा सोनम थापा मगर, मनिशा थापा मगर, सन्ध्या आले मगर, सुनिता थापा मगर, देव मगर र निशा थापा मगर सर्वसम्मत रुपमा चयन भएका छन् ।
संघको अध्यक्ष सुजन राई मगरको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल मगर चलचित्रकर्मी संघका केन्द्रिय महासचिव सुमन थापा मगर रहेको थियो । संघका केन्द्रिय महासचिव सुमन थापा मगरले मगर समुदायको यो सक्रियातले जातिय र सास्कृतिक रुपमा वलियो हुने वताए ।
चलचित्रको माध्यामवाट मगर समुदायको उत्थान र विकासमा भुमिका खेल्नुपर्ने समेत वताए ।
त्यस्तैगरी कार्यक्रममा नेपाल मगर समन्वय समितिका अध्यक्ष मनिराज थापाले समेत धारणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?